२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

आन्तरिक उडान आजबाट खुल्यो

काठमाडौं- कोरोना महामारीसँगै बन्द गरिएको आन्तरिक हवाई उडान करिब ६ महिनापछि आज (सोमबार)बाट खोलिएको छ ।

चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो।

सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको
छ। आज पहिलो दिन देशैभर ३६ देखि ४० वटा उडान हुने भएको छ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ। अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP