२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
कोभिड - १९ अपडेट

आइतबार १३ सय २५ जनामा कोरोना पुष्टि : १० जनाकाे मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना पुष्टि भएको छ।

९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३२५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। याे सहित नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे कुल संख्या ६४ हजार १२२ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ९६६ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ रहेको मन्त्रालयले जानकारी दिएको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ४५१ जना बसिरहेका छन्।

हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या १७ हजार ४७८ रहेकाे छ।

पछिल्लाे २४ घण्टामा नेपालमा काेराेनाबाट १० जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४११ पुगेकाे छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP