कैलाली- झुण्डिएको अवस्थामा मृत फेला परेकी कैलालीकी पत्रकार निर्मला पहराइले आफ्नो फेसबुकमा ‘म मरेको दिन कस्तो होला ?’ शिर्षकको लेख पोष्ट गरेकी छिन् । यो पोष्ट सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो ।
सेतोपाटी डटकममा नवराज पराजुलीले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई स्मरण गर्दै लेखेको उक्त लेख मृतक पहराइले सेप्टेम्वर २ (भाद्र १७) गते पोष्ट गरेकी छिन् । त्यस यता उनले फेसबुकमा कुनै पोष्ट गरेकी छैनन् ।
भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी २३ बर्षीया पत्रकार पहराइको शुक्रबार घोडाघोडी नगरपालिका ५ को जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए ।
घरबाट सुख्खड जान्छु भनि हिडेकी उनी त्यसयता सम्पर्क बिहिन थिईन् ।
दिपायल – पश्चिम नेपालमा आएको भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा...