
कैलाली– कैलालीमा श्राद्धमा खाना खाएका १५ जना बिरामी परेका छन् भने एक जनाको मृत्यु भएको छ । गत २७ गते श्राद्धमा खाना खाएका गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन् ।
श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिरामी १५ जनामध्य तीन जनाको नवजिवन अस्पताल, दुई जनाको माया मेट्रो अस्पताल र बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको वडाध्यक्ष रविन्द्र शाहीले बताए । शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।
सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिए ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...