डोटी : सुजङ्ग अस्पतालले आइसोलेशन कक्ष तयार गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि अस्पतालले आइसोलेशन कक्ष तयार गरेको हो ।
पचास शैयाको सुजङ्ग अस्पतालले दुईवटा आइसोलेशन कक्ष, दुई वटा ट्वाइलेट बाथरुम कोरोना संक्रमणका लागि तयार गरेको छ । बर्षौ देखी स्वास्थ्य सेवा दिदै आएको सो सामुदायिक अस्पतालमा आउँने कोराना लक्षणका बिरामीहरुलाइ साहयता कक्षमा राखेर चेकजाँच तथा उपचार गराइने अस्पतालले जनाएको छ ।
अस्पतालले आइसोलोसन तयार गरेपनी उपचारमा संलग्न चिकत्सकको लागि प्रोटेक्टीक ब्यारियर (सुरक्षीत लुगा), मास्क लगाएतको व्यवस्था हुन सकेको छैन । आइसोलेशन कक्षका लागि चाहिने सामग्री उपलब्ध भए सुजङ्ग अस्पताल टीम कोरोना रोकथामका लागि चिकित्सा सेवा दिन तयार रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
सुजङ्ग अस्पतालले अहिले पनि अस्पतालमा आउने बिरामीहरुलाई कोरोना बारे जानकारी दिनुका साथै गाउँघरमा बैदेशीक रोजागारबाट आउँने ब्यक्तिलाई अनिवार्य चेकजाँचका लागि पठाउँन अनुरोध गरिरहेको छ । सुदूरपीश्चम भारत संग नजिक भएका कारणले पनि बढी साबधानी अपाउनु पर्ने भएको छ ।
अस्पताल प्रशासन प्रमुख बलायरले भने,‘कोरोना जस्तो महामारी नेपालमा भित्रिनु हुन्न भित्रिएपनि हामी जन स्वास्थ्यको सुरक्षा गर्न तयार छौं । सरकारले हामिलाई चाहिने सामग्री, औषधी तथा चेकजाँच प्रबिधि र जनशक्ति उपलब्ध गराउँनु पर्दछ ।,उनले थपे,‘विश्वभरी फैलिएको यो भाइरसका लागि पुर्व तयारि आवस्यक छ । सरकारले पुर्व तयारीका लागि पहल चाल्न जरुरी छ ।’
सुजङ्ग अस्पताल डोटीको एक मात्र ५० शैयाको अस्पताल हो ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...