२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

उज्यालोका हिरो जसले औपचारिक बिदाइ पनि पाएनन्

हेमन्त जोशी

काठमाडौं- वर्षौंदेखि लोडसेडिङ व्याप्त थियो। लक्ष्मीपूजाको दिन पनि रहर मेट्ने गरी नेपालीले बत्ती बाल्न पाउँदैनथे। घर उज्यालो बनाउने चाहना पूरा गर्न मैनबत्ती वा दियोको सहारामा नलिए उपाय थिएन। यस्तैबीचमा सरकारले २०७३ साल भदौमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्‍यो। 

घिसिङले औपचारिक नियुक्ति लिएको करिब डेढ महिनापछि तिहार आयो। सबैलाई त्यतिबेला लागेको थियो, अघिल्ला वर्षजस्तै यसपटक पनि तिहारमा धित मरुन्जेल बत्ती बाल्न पाइनेछैन। विद्युत प्राधिकरणको ११ तहको अधिकृतबाट कार्यकारी निर्देशक बनेका घिसिङ त्यही तिहारमा आफ्नो पहिलो परीक्षा दिइरहेका थिए।

काठमाडौंको स्युचाटारमा रहेको भारप्रेषण केन्द्रमा आफैँ गए। बत्तीको माग र आपूर्तिको ग्राफ आफैँले हेरे। सकेसम्म ग्राहकलाई घर उज्यालो बनाउन बत्ती दिने उनको चाहना त्यसैदिन पूरा भयो। अर्थात् सबैभन्दा धेरै बत्तीको माग हुने दिन नै नेपालीले खुशीका साथ घर उज्यालो बनाउन पाए। 

यसैलाई आफ्नो सफलताको पहिलो खुट्किलो मानेर घिसिङ उज्यालो नेपालको यात्रामा अघि बढे। सर्वसाधारणको घरमा बत्ती जान छोड्यो। अर्थात् जनताले महसुस गरिरहेको १८ घण्टा लामो लोडसेडिङ अन्त्य भयो। काठमाडौं र पोखराबाट सुरु भएको यो अभियान देशव्यापी भयो। विस्तारै उद्योगको लोडसेडिङ पनि हट्यो। 

घिसिङले नेपाल विद्युत प्राधिकरणमा आफ्नो ४ वर्षे कार्यकाल समर्थन र विरोधका उतारचढावबीच पूरा गरेका छन्। चार वर्षे कार्यकाल पूरा गर्दा घिसिङ औपचारिक रूपमा बिदासमेत नभई प्राधिकरणबाट बाहिरिएका छन्। ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले नै उनलाई कुनै बिदाइ समारोह नगर्न र आफ्नो उपलब्धि सार्वजनिक नगर्न निर्देशन दिएका थिए। 

करिब दुई साताअघि उनको नियुक्तिको विषयमा व्यापक हल्ला चलेपछि मन्त्री पुनले निर्देशन दिएर उनलाई आफ्नो र सरकारको बचाउमा विज्ञप्ति निकाल्न लगाए। घिसिङका कामको उपलब्धिबाटै आफ्नो उचाइ बढाउने कोसिस गरिरहेका पुनले अन्तिममा घिसिङको पुनर्नियुक्तिको प्रस्तावसमेत मन्त्रिपरिषदमा लैजान सकेनन्। 

पुरा समाचार पढ्नुहोस्

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ भाद्र ३०

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP