२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

आन्तरिक उडान र सार्वजनिक यातायाता असोज ५ गतेदेखि सञ्‍चालनमा आउने

काठमाडौं । लामो समयदेखि बन्द रहेका आन्तरिक उडान र सार्वजनिक यातायाता असोज ५ गतेदेखि सञ्‍चालनमा आउने भएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण चैत ११ देखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाइएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको जनाइएको छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ भाद्र २९

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP