२०८३ भाद्र ९, मंगलवार
August 25, 2026, Tuesday

सुदुरपश्चिम बिश्वबिद्यालयले ५ घण्टामा यसरी सञ्चालन गर्ने छ अनलाइन परिक्षा

सुदुरपश्चिम बिश्वबिद्यालयले खुला किताब अवधारणामा सञ्चालन गर्न लागेको विद्युतीय अनलाइन  परिक्षाको अवधि  पाँच घण्टाको हुने भएको छ । पाँच घण्टा भित्रमा बिद्यार्थीले उत्तर लेखेर इमेलबाट पठाइ सक्नु पर्नेछ ।

 बिद्यार्थीहरुले उत्तरपुस्तिका प्राप्त गरेको पाँच घण्टामा उत्तर लेखेर पठाइसक्नु पर्ने सुदुरपश्चिम बिश्वबिद्यालयका उप–कुलपति अम्मराज जोशीले बताए । ‘चार घण्टा विद्यार्थीहरुलाई उत्तर लेख्नका लागि र एक घण्टा लेखिसकेको उत्तर इमेलमा अपलोड गर्नका लागि छुट्याइएको छ’ उप–कुलपति जोशीले भने– ‘ए फोर साइजको कागजमा विद्यार्थीहरुले हातले लेखेर वा कम्प्यूटरमा टाइप गरेर परिक्षा दिन पाउनेछन्, त्यसलाई प्रष्ट देखिने गरी इमेलमा पठाउनु पर्नेछ ।’  

 बिश्वबिद्यालयले बिद्यार्थीहरुलाई इमेलमा प्रश्नपत्र पठाउनेछ । उनले विद्यार्थीले घरवाटै वा आफुलाई पायक पर्ने ठाउँमा बसेर परीक्षा दिन सक्ने वताए । यसरी प्राप्त गरेको उत्तरपुस्तिका क्याम्पसले सोही दिन राति १२ बजेभित्र परीक्षा नियन्त्रण कार्यालयलाई इमेल गरिसक्नुपर्ने छ ।  परिक्षामा सहभागी विद्यार्थीलाई कितावको उत्तर भन्दा मौलिक उत्तरलाई प्राथमिकता दिनुपर्नेछ ।

 विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समयसम्म कक्षामा राखेर विद्यार्थीलाई पढाउन र पढाईको मुल्याङ्कन गर्न सक्ने अवस्था नभएपछि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले अनलाईन पद्धतिबाटै परिक्षा सञ्चालन गर्न लागेको हो । उपकुलपति प्राध्यापक डाक्टर जोशीले अनलाईन विधिबाट परिक्षा सञ्चालन गर्न चुनौती भए पनि असम्भव नभएको बताए ।

 ‘अव विद्यार्थीलाई घरमै थन्काएर राख्न सकिदैन’ उपकुलपति जोशीले भने– ‘लकडाउन खुल्ला र कक्षा सञ्चालन गरौंला भन्ने पनि छैन, यस्तो अवस्थामा विद्यार्थीलाई वैकल्पिक तरिकाले शिक्षा प्रदान गर्नैपर्छ, हामीले त्यसकै तयारी गरेका हौं ।’

 उनले परिक्षामा सहभागी हुने सवै विद्यार्थीलाई सम्पर्कमा ल्याएर परिक्षाको तयारी गर्न जानकररी गराई सकेको बताए । ‘इन्टरनेटको सुविधा नभएका विद्यार्थीलाई सहजता प्रदान गर्न स्थानीय तहसंग समन्वय गरेका छौं’ उप–कुलपति जोशीले भने– ‘विद्यार्थीको पहुँचमा रहेको विद्यालयसंग पनि सहकार्य गर्ने प्रयत्न गरिरहेका छौं ।’

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी स्नातक तह तेस्रो शत्रका सवै, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ भाद्र २७

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP