डोटी- सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन ठाउँमा रहेका प्रयोगशालाको परिक्षणमा आईतबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ११ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १२ जना र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएको छ थियो ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ७ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै अछामको तुर्माखाँद गाउँपालिकाका हुन् ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा ३ सय ७१ जनाको स्वाव परिक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलाली कञ्चनपुरका ६ पुरुष र २ महिला गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण प्रष्टि हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २ महिला र १ पुरुष गरी ३ जना, कृष्णपुर नगरपालिकाका १ पुरुष, कैलालीको टिकापुर नगरपालिकाका, धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाका १, १ जना रहेकाछन् ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय १० पुगेको छ । सुदूरपश्चिममा पाँच हजार एक सय जनाले कोरोना जितेको छ भने १४ जनाको मृत्यु भएको छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...