२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

सुदूरपश्चिममा समन्वय र निगरानी गर्न स्वास्थ्य मन्त्रालयले खटायो छुट्टै टोली

जनक विष्ट /दिनेश खबर

धनगढीः संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङका लागि समन्वय गर्न छुट्टै टोली खटाएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, रोकथाम र नियन्त्रणका काममा समन्वय, सहजीकरण एवंम् निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको जनाएको छ।

मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख भीमसिह तिङ्करीको संयोजकत्वमा तीन सदस्यीय समन्वय टोली खटाईएको हो। टोली प्रमुख तिङ्करीले प्रदेश र स्थानीय तहहरुले कोरोना भाईरसको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ लगायतका काम सरकारी मापदण्ड अनुसार गरिरहेका छन् की छैनन्? भन्ने कुराको निगरानी गर्ने जिम्मेवारी दिईएको बताए।

उनले स्थानीय स्तरमा रहेका समस्याहरुको पहिचान गरी व्यवस्थापनका लागि सुझाव समेत दिने बताउँदै प्रदेश र स्थानीय सरकारले गरिरहेका कामको निगरानी जानकारी दिए। उक्त टोलीले अहिले काठमाडौँबाटै आवश्यक समन्वय र सहजीकरणको काम गरिरहेको छ।

पुरा समाचार पढ्नुहोस् →

Related News

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आज औपचारिक छलफल हुने
डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आज औपचारिक छलफल हुने
  • २०७७ भाद्र १९

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आज औपचारिक...

TOP