२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026, Friday

पासोमा पारेर गौ हत्या

डडेल्डधुरा – डेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको छ। सामुदायिक वनको भिरालो क्षेत्रमा आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको हो।

देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साता अगाडि सामूहिक रूपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटना स्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको छ।

५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईको बङ्गारा भेटिएको छ भने दुई ग्याविन तार खाली भेटिएका छन्। दुई वर्षभित्रका गाईहरु रहेको पशुसेवा प्राविधिकले जनाएका छन्। स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो। गाई नेपालको राष्ट्रिय जनावर हो।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र ६

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP