२०७८ श्रावण १६, शनिबार
July 31, 2021, Saturday

डोटीमा ५९ नुमना परिक्षण गरिएकोमा ४५ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ८९६ पुग्यो

डोटी- डोटीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा मंगलबार परिक्षण गरिएका ५९ नमुना मध्य ४५ जनामा कोरोना पुष्टि भएको छ भने १४ जनाको नतिजा नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार सबैभन्दा बढी शिखर नगरपालिकाका १५ महिला २४ पुरुषगरी ३९ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै केआईसिंह गाउँपालिकाका ४ जना पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक पुरुष र एक महिला गरी दुई जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ९६ पुगेको छ । हाल सम्म ७ सय ४५ जना डिस्चार्ज भएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना फोकल पर्सन दिपेन्द्र मिश्रले शिखर समाचारलाई जानकारी दिए ।

डोटीमा अहिले सम्म ट्राभल हिष्ट्री नभएका ५ जना र एकजना बैंकका महिला कर्मचारी र तीन जना प्रहरीमा संक्रमण देखिएको थियो । ट्राभल हिष्ट्री नभएका ५ जना मध्य ३ जना शिखर नगरपालिकाका थिए भने दुई जना आदर्श गाउँपालिकाका थिए । उनिहरु सबै डिस्चार्ज भैसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ भाद्र ९

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ भाद्र ९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ भाद्र ९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP