२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

हरिबहादुर र चितुवाकाे भिडन्तमा चितुको मृत्यु

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ ।

बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ ।

मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।रासस

Related News

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ भाद्र ७

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ भाद्र ७

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

खप्‍तड राष्ट्रिय निकुञ्‍जबाट हतियार सहित दुई जना पक्राउ
खप्‍तड राष्ट्रिय निकुञ्‍जबाट हतियार सहित दुई जना पक्राउ
  • २०७७ भाद्र ७

काठमाडौं । नेपाली सेनाले खप्‍तड राष्ट्रिय निकुञ्‍जबाट हतियारसहित शिकारीलाई पक्राउ गरेको छ । नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त...

TOP