२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटी बस दुर्घटना : मृतक र घाइतेको सनाखत : घाइते ३२ जना मध्ये १३ जनाको अवस्था गम्भिर

डोटीमा बुधबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको सनाखत भएको छ । भने ३२ जना घाइते भएका छन । घाइतेमध्ये १३ जनाको अबस्था गम्भिर रहेको छ । जस्मा ३ जनालाई जिल्ला बाहिर रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चौरपाटी गाउँपालिका ७ मार्कुका वर्ष ३४ का टिकाराम बि.क., अछामको श्रीकोट र नागरिकतामा कैलालीको नारायणपुर ४ ठेगाना रहेका वर्ष ५५ लक्षिमा देवी बि.क., बान्नीगढ जयगढ–३ अछामका वर्ष ६० का पदम बहादुर साउँद रहेका छन ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक जनकराज पाण्डेले मृतक टिकाराम बि.क. बसका सहचालक रहेको र गोदावरी नगरपालिका २ का अन्दाजी २६ वर्षका चालक हेमबहादुर खत्री सामान्य घाइते रहेको जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइतेहरुको नेपाली सेना, नेपाल प्रहरी लगाएतको सहयोगमा उद्दार गरी डोटी जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ३ जनालाई जिल्ला बाहिर रिफर गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लले शिखर समाचारलाई जानकारी दिए ।

घाइते हुनेहरुमा जनालीबण्डाली ५ अछामका वर्ष ३० का रबी बि.क., मंगलसैन ७ का वर्ष १७ का उमेश जनाला, वर्ष २५ का रमेश जनाला, वर्ष २२ का खिमा जनाला, वर्ष २ का श्रृष्टी जनाला, वर्ष २१ का दिनेश शाही रहेका छन् ।

त्यस्तै बिनायक ८ का वर्ष २२ पार्वती नचेल, वर्ष २९ का मनोज नचेल, वर्ष १६ का खेमराज मोटल, वर्ष ५१ का रोशन नचेल, वर्ष १८ का सुरेश बि.क., बिनायक ७ का वर्ष ४० का गौरी ढुङ्गाना, विनायक ६ का वर्ष १० का प्रकाश थापा, विनायक ७ का वर्ष राम बहादुर रावल र वर्ष २१ का धिरेन्द्र नेपाली रहेका छन् ।

त्यस्तै विनायक ४ का वर्ष ३१ का दिपेन्द्र शाही, मंगलसैन ७ का वर्ष ३१ का नरु जनाला, मंगलसैन ४ का वर्ष १५ का नमराज बि.क. घाइते रहेका छन् ।

त्यस्तै बान्नीगढी ३ का ३२ वर्षका गणेश साउँद, ३० वर्षका रबि बि.क., वर्ष १५ का दिनेश शाही, वर्ष १६ का अर्जुन साउँद, साँफेबगर ७ का २९ वर्षे अस्मिता भण्डारी, १० वर्षे विजय भण्डारी, ५ वर्षे दुर्गा भण्डारी, २३ वर्षका भरत साउँद घाइते छन् ।

त्यस्तै मंगलसैन ७ का ४५ वर्षे कल्धरी कामी, २२ वर्षका गिता कामी, विनायक ३ का २७ वर्षे हेमन्त साउँद रहेको प्रहरीले जनाएको छ । घाइते थप ३ जनाको सनाखत विवरण प्राप्त हुन सकेको छैन । बसमा सवार यात्रुहरु प्रायजसो इण्डियाबाट आएकाहरु रहेको छन् ।

गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस आज बिहान ६ बजे दुर्घटना भएको थियो  । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक पाण्डेले जनाएको छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ श्रावण २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP