
डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् ।
गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बिहान ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईदै छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरिरहेको छ ।


दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...