२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

भारतबाट आएका यात्रु बोकेको बस दुर्घटना : तीनको मृत्यु ३१ घाईते

डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् ।
गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बिहान ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईदै छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरिरहेको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७७ श्रावण २८

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP