२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते

बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् ।
आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए । सोहीक्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनलाई आईतबारै उपचारका लागि दिपायलस्थित शैलेश्वरि अस्पताल ल्याईएको थियो । जहाँ उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार भईरहेको छ ।
घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुर र बन्दुक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रदेव मल्लले बताए ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ श्रावण २६

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP