२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल हतियार सहित नेपाल प्रवेश

कञ्चनपुर- भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ सामुदायिक वनमा तारबार गर्ने कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण रोकिएको छ। सामुदायिक वनको स्वामित्वमा रहेको  जग्गामा वृक्षारोपण र तारबार गर्ने क्रममा भारतीय एसएसवीले अवरोध गरेको हो ।  सामुदायिक वनमा तारबार गर्न थालिएपछि एसएसबीले विवादित जग्गा भएको भन्दै तारवार र वृक्षारोपण गर्न रोकेको सामुदायिक वनका सहसचिव रमेश धानुकले बताए ।

‘बाँझो जमिन थियो, त्यसमा घेरबार गरी वृक्षारोपण गरिरहेका थियौं,’ सहसचिव धानुकले भने, ‘एसएसबीले एकाएक काम नगर्न धम्की दियो।’ एसएसबीले वृक्षारोपण र तारबार गर्न नदिएपछि सशस्त्र प्रहरी बलले समस्या समाधानका लागि पहल गरिरहेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक वीरसिंह साहुले ब्रह्मदेवमा आएको समस्या समाधानका लागि भारतीय पक्षसित समन्वय भइरहेको बताए।

भारतले गत वर्ष ब्रह्मदेब बजारसम्मको सडक जोड्न अवरोध गरेपछि अहिलेसम्म निर्माण हुन सकेको छैन। मुक्त हलियाले घर निर्माण गर्दा घर निर्माण गर्न दिइएको छैन।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ श्रावण ९

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP