
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको छ कि छैन भनेर पत्ता लगाउन सेरो प्रिभिलेन्स सर्वेक्षण गर्ने भएको छ। समुदायमा संक्रमण फैलिसकेको विज्ञहरुले दाबी गरिरहँदा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरो सर्वेक्षण गर्न लागेको हो।
महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा सेरो सर्वेक्षण गर्न लागेको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाशाखालाई स्वीकृति दिइसकेको छ।
मन्त्रालयले यसअघि समुदायमा संक्रमण फैलिएको– नफैलिएकोबारे अवस्था पत्ता लगाउन काठमाडौं उपत्यकामा ५ हजार जनाको पीसीआर परीक्षण गरेको थियो।
पुरा पढ्नुस् https://www.nepalsamaya.com/detail/33538
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...