२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

मास्क नलगाई हिँड्नेलाई कारवाही गरिने

काठमाण्डौं- मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।

मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई सोमबार निर्देशन दिएको हो।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लकडाउन खुकुलो हुँदा मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्ने क्रम बढेपछि त्यस्ता मानिसलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिइएको बताए।

‘सरकारले निश्चित मापदण्ड पालना गरेर सेवा तथा व्यवसाय सञ्चालन गर्न भनेको हो,’ अधिकारीले भने, ‘कोरोना संक्रमितसमेत बिना मास्क बाहिर निस्किँदा संक्रमणको जोखिम थप बढ्ने देखिएको छ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो। त्यसयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले कडा निर्देशन दिएको हो।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७७ असार २२

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP