२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

पशुपतिनाथ मन्दिर परिसरमा झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस

पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् ।

उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ ।

यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । यहाँ उनी सफाइ अभियन्ताका रुपमा देखिएका छन् ।

तस्वीर पशुपतिनाथ क्षेत्र परिसरको हो । शनिबार पशुपतिनाथ परिसरमा भेटिएका उनी लामो पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर उनी पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए । सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेको बताइएको छ ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७६ फाल्गुन २५

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP