२०८१ कार्तिक २२, बिहीबार
November 7, 2024, Thursday

शिखर नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

डोटी- शिखर नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ । जिल्ला बाहिर रहेका नगरपालिकाका बिज्ञहरु संग भिडियो मेटिङ मार्फत र जिल्लामा रहेका सरोकारवालाहरु संग प्रतक्ष सुझाव संकलन गरेको हो ।

सोमबार नगरपालिकाले सर्वपक्षिय बैठक बोलायर सुझाव संगलन गरेको थियो भने यस अघि भर्चुअल मेटिङ मार्फत सुझाव संकलन गरेको छ ।

सुझाव कर्ताले स्वरोजगार, कोभिड १९ नियन्त्रण र अबको परिस्थितिमा आउन सक्ने खाद्यान्न संकट लगायतका बिषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

सुझाव संकलन कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, शैक्षिक, स्वास्थ्य क्षत्रका व्यक्तिहरु, नगरका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

नगर प्रमुख सिताराम जोशीले सबैको सुझावलाई मनन गर्दै आगामी नीति तथा कार्यक्रम पारित गरिने बताए । उनले कोभिडि १९ नियन्त्रण र स्वारोजगारका कार्यक्रमलाई प्राथमिकता राख्ने बताए । प्रवासबाट आएका नगरका हजारौं युवाहरुलाई नगरको विकास निर्माणका कार्यमा लगाउने र खाद्यान्न अभाव भएका परिवारका लागि दैनिक काम गरे वाफत अन्न दिने जस्ता कार्यक्रमहरु अघि बढाउँने बताए ।

नगरको विकास समृद्धीका लागि व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर काम गरिरहेको बताउँदै नगर प्रमुख जोशीले नगरको विकास जनाको चाहना र माग अनुसार नै गरिने बताए ।

Related News

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
  • २०७७ असार ९

दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...

TOP