२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुग्यो : पछिल्लो २४ घण्टामा थपिए ४२६ संक्रमित

काठमाण्डौं- पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार  ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार  २ सय ७४ पुगेको हो।

पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना छन्। 
मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ असार ५

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP