२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

सुदूरपश्‍चिम प्रदेश सरकार ३३ अर्बको बजेट ल्याउदै

धनगढी- सुदूरपश्‍चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७(०७८ का लागि आज प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रस्तुत गर्ने तयारी पूरा भएको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। चालु आव २०७६(०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपुरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए। चालू आवका लागि सोही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो।

सुदूरपश्‍चिम सरकारले यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गर्ने अनुमान गरिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा जोड दिएको छ।

मन्त्री बोहराले स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट परेको बताए। उनले कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रदेशवासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडि सारिएको बताए।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ असार १

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP