२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २६४ पुग्यो : डोटीका १७ जनामा संक्रमण

धनगढी : सुदूरपश्चिममा आज नौँ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप नौँ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

आज डोटीका चार जना, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ। आज पुष्टि भएका मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय ३६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ जेष्ठ ३२

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP