२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

योगेन्द्रको उपचारका लागि कला संस्कृती संरक्षण समुह डोटीद्वारा आर्थिक सहयोग

डोटी- सेती अस्पतालमा उपचार भैरहेका योगेन्द्र बहादुर खड्को उपचारका लागि कला संस्कृती संरक्षण समुह डोटीले आर्थिक सहयोग गरेको छ । खड्काको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि समुहले योगेन्द्र वचाउ अभियान सञ्चालन गरेको छ ।

शुक्रबार समुहका आजीवन सदस्य कर्ण बहादुर बोगटीले समुहका सदस्यबाट संकलन भएको १० हजार एक सय पाँच रुपैमा अस्पतालमा छटपाटाइरहेका योगेन्द्रको  उपचारका लागि अस्पतालमै गएर बिरामी योगेन्द्रलाई हस्तान्तरण गरेका छन् ।

योगेन्द्र वचाउ अभियानको सुरुवात कार्यसमितिका पदाधिकारीबाट रकम संकलन गरेर पठाएको कला संस्कृती संरक्षण समुह डोटीका संस्थापक कोषाध्यक्ष भोजराज ओझाले बताए । समुहले अभियान जारी रहेकाले अन्य दाताहरुलाई पनि सहयोगका लागि अपिल गरेको छ ।

बाटिकामा नयाँ फुल फुलाउँ नारा सहित कला संस्कृती संरक्षण समुह जिल्ला प्रशासन कार्यालय डोटीमा २०६१ दर्ता भएको थियो । संस्थाले सुरुवातमा साहित्य कार्यक्रम , देउडा आयोजना, दुइ मासिक प्रस्पोटन साहित्यक पत्रीका प्रकासन , कविता प्रतियोगता , दोहरी प्रतियोगीत , राजाको निरंकुस शासनका बिरुद्ध साहित्यक आन्दोलन जस्ता कार्यहरु गर्दै आएको थियो ।

संस्थाले आगावी दिनमा आफ्ना गतिबिधिलाई निरन्तरता दिने योजना बनाएको संस्पक कोषध्यक्ष भोजराज ओझाले बताए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका योगेन्द्र २०६९ साल पौष १३ गते सुर्खेत जिल्लाको दशरथपुरमा बस दुर्घटना गम्भिर घाइते भएका थिए । दुर्घटनामा घाइते भएका उनलाई स्पाईनल ईञ्जुरी भई कम्मर भन्दामुनीको शरिर चल्न नसक्ने भएको थियो ।

स्थानियबासीले एक हजार चार सय चन्दा उठाई उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाए। ‘सेती अस्पतालमा उपचार थालेको आज नौँ दिन भएको छ,’ विष्नाले भनिन्, ‘दैनिक हात मुख जोर्न समेत खर्च छैन्। उपचार कसरी गर्ने।’

उनले श्रीमानको उपचारका लागि सहयोगको याचना गर्दै थपिन्, ‘घरमा रोजगार कोही छैन्। उपचारमा धेरै खर्च हुने देखिएको छ। बृद्ध आमा पनि बिरामी छिन्। तर आर्थिक अभावले उपचार गर्न पाएकी छैनन्।’

बिरामीको नाम  :योगेन्द्रबहादुर खड्का
नविल बैक महेन्द्रनगर खाता नम्बर : 2910017507761
सम्पर्कका लागि योगेन्द्र खड्का  :९८४३४२८१३८
बिष्णा खड्का श्रीमती  :९८६८ ८९ ६५६८

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP