२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

अस्पतालमा छटपाटाइरहेका योगेन्द्रको अपिल : “मलाई बचाउनुस्, म बाँच्न चाहन्छु”

धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ५ का योगेन्द्र वहादुर खड्काको दैनिकी २०६९ सालसम्म राम्रै थियो। बिवाह भइसकेको थियो। ०६९ सालमै छोरीको पनि जन्मभयो। सो समयमा उनको परिवार डोटीको आदर्श गाउँपालिका वडा नम्वर १ मा बस्थ्यो।

सेती प्राविधिक शिक्षालयमा कृषि प्राविधिक पढेका उनले सजिलै काम पनि पाए। जर्मन अन्तरास्ट्रिय नियोग जीआईजेडको एसटीपीपी परियोजनामा खड्काले काम पाए। कामकै शिलशिलामा उनी कर्णालीका विभिन्न जिल्लामा गईरहन्थे।

२०६९ साल पौष १३ गते सुर्खेत जिल्लाको दशरथपुरमा बस दुर्घटना भयो। दुर्घटनामा घाइते भएका उनलाई स्पाईनल ईञ्जुरी भई कम्मर भन्दामुनीको शरिर चल्न नसक्ने भयो। सो दुर्घटना हुँदा उनकी छोरी दुई महिनाकी थिइन्। 

त्यसपछि ह्वील चियर नै उनको सारथी भयो। उपचारका लागि अस्पताल धारईराख्नु पर्ने र पहाडमा दैनिकी चलाउन मुस्किल भएपछि उनी श्रीमती विष्ना र छोरी सहित कञ्चनपुर आए। सुरुमा कोठा भाडामा लिएर बसेका उनीहरु दैनिक फिजियोथेरापी गर्न एनएनएसडब्लुए सस्थामा जान्थे।

पैसाको अभाव भएपछि केही समय खड्का बृद्धाश्रममा पनि बसे। तीन बर्ष श्रीमतीले पनि विभिन्न संघसस्थामा काम गरिन्। तर श्रीमानको हेरबिचार गर्नुपरेपछि उनले आफुले पाएको काम पनि छाड्नुपर्ने बाध्यता भयो। 

कञ्चनपुरमै एक जनले एक कठ्ठा जमिन भाडामा दिएपछि कृषि प्रावाधिक पढेका खड्काले श्रीमती विष्णालाई तरकारी खेती गर्न लगाए। तर जेठको हावाहुरीले सबै तरकारी बाली नष्ट गरिदिएयो। साथै उनी सोहि क्रममा लडेर गम्भीर बिरामी भए। एक्कासी अण्डकोष सुनिएपछि उनको स्वास्थ्य अवस्था बिग्रीदै गयो। 

आर्थिक समस्या परेपछि योगेन्द्र सेती अस्पतालको बेडमा हात जोड्दै छटपाटाइरहेका छन् ।सहयोग गरेर थप उपचारमा सहयोग गरिदिन उनले अनुरोध गरेकाछन् । योगेन्द्र भन्छन्,“म मेरो परिवार संगै अझै बाँच्न चाहन्छु । कृपया सहयोग गरेर मलाई बचाउनुस् ।”

स्थानियबासीले एक हजार चार सय चन्दा उठाई उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाए। ‘सेती अस्पतालमा उपचार थालेको आज नौँ दिन भएको छ,’ विष्नाले भनिन्, ‘दैनिक हात मुख जोर्न समेत खर्च छैन्। उपचार कसरी गर्ने।’

उनले श्रीमानको उपचारका लागि सहयोगको याचना गर्दै थपिन्, ‘घरमा रोजगार कोही छैन्। उपचारमा धेरै खर्च हुने देखिएको छ। बृद्ध आमा पनि बिरामी छिन्। तर आर्थिक अभावले उपचार गर्न पाएकी छैनन्।’

बिरामीको नाम  :योगेन्द्रबहादुर खड्का
नविल बैक महेन्द्रनगर खाता नम्बर : 2910017507761
सम्पर्कका लागि योगेन्द्र खड्का  :९८४३४२८१३८
बिष्णा खड्का श्रीमती  :९८६८ ८९ ६५६८

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ जेष्ठ २८

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP