२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

संविधान संशोधन विधेयकमाथि संसदमा छलफल सुरु हुँदै

काठमाडौँ – प्रतिनिधिसभामा मंगलबारदेखि संविधान संशोधन विधेयकमाथि छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेपछि बस्दै छ । सो बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचिमा कानून मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने रहेको संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयक मंगलबार अघि बढ्ने भएको हो।

संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो । सो सात दिनको म्याद सोमबार पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउने तयारी गरेको हो ।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो ।

विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो । मंगलबार संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ ।

त्यसपछि आएका संशोधनमाथि संसदमा छलफल हुनेछ । नेपालले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि भारतसँगको सम्बन्ध चिसिएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २७

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP