२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो : ४६७ डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोनाका २१३ जना संक्रमित थपिएका छन्।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ।

कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना भएर निको भई डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आइतबारमात्रै १०० जना पुरुष र २ जना महिला गरी १०२ जना डिस्जार्च भएका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

४ सय ६७ जना डिस्चार्ज

४ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

उनीहरुमध्ये प्रदेश नं. १ बाट ९१ जना, प्रदेश नं २ मा १ सय ८६ जना, बागमतीबाट ३२ जना, गण्डकीबाट ३ जना, प्रदेश ५ बाट १ सय ३३ जना, कर्णालीबाट ९ जना र सुदूरपश्चिम प्रदेशबाट १३ जना डिस्चार्ज भएका छन्।

आइसोलेसनमा उपचाररत संक्रमितहरु

प्रदेश नम्वर १ मा १६८, प्रदेश नम्वर २ मा ९७४, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा १०८, प्रदेश नम्वर ५ मा ९४४ र कर्णाली प्रदेशमा ६२१ र सुदूरपश्चिममा ९६ जना गरि २ हजार ९ सय ६८ जना आइसोलेसनमा उपचाररत छन्।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ २५

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP