२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

प्रवासबाट फर्किनेहरुका लागि सीपमा आधारित रोजगारी सृजना गछौं : शिखर सरकार

धनगढी : डोटीको शिखर नगरपालिकाले भारतबाट फर्किएकाहरुलाई सीपमा आधारित रोजगारीका कार्यक्रम ल्याउने जनाएको छ। नगरपालिकाले कोरोना महामारीपछि ज्याला मजदुरी गुमाएर भारतबाट फर्किएकाहरुको सीप पहिचान गरेर सोही अनुसारका कार्यक्रम ल्याउने तयारी गरेको छ।

नगर प्रमुख सिताराम जोशीले भारतका विभिन्न क्षेत्रबाट फर्किएर क्वारेन्टाईनमा बसेका नगरबासीको सीपको अभिलेखिकरण गर्ने काम भईरहेको बताए। उनले अगामी आर्थिक वर्ष भारतबाट फर्किएका नगरबासीलाई सकभर उनीहरुको सीपमा आधारित रोजगार मुलक कार्यक्रम ल्याउने गरी तयारी भईरहेको जानकारी दिए।

अहिले सम्मको तथ्याङ्क हेर्दा होटल तथा रेष्टुरा क्षेत्रको सीपमा आधारित व्यक्ति बढि भेटिएकाले नीजि क्षेत्रसँगको सहकार्यमा उनीहरुको सीप सदुपयोग गर्ने खालका कार्यक्रम ल्याइने नगर प्रमुख जोशीले बताए।

शिखर नगरपालिकामा अहिले भारतबाट फर्किएका दुई हजार जनालाई क्वारेन्टाईनमा राखिएको छ भने यसअघि एक हजार जना क्वारेन्टाईन अवधी पूरा गरेर घर फर्किसकेका छन्। यस्तै भारतबाट थप साढे ६ हजार नगरबासी फर्किने अनुमान नगरपालिकाले गरेको समाचार दिनेस खबरले प्रकाशन गरेको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ जेष्ठ २३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP