२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

गृहमन्त्रीको निर्देशनमा पत्रकारलाई सोती काण्डको रिपोर्टीङमा जान रोक

सल्यान। गृहमन्त्री राम बहादुर थापा वादलको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको सल्लीवजार रोकिएको हो। 

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विकलाई गृहमन्त्रीको आदेश भन्दै सल्यान प्रहरीले स्थानिय सल्ली वजारमा रोकेको हो। 

सल्लीवजारबाट फोनमा कुरा गर्दै सुनारले भने, ‘मास्क खोल्न लगाएर प्रहरीको मोवाइलमा रहेको फोटोसँग अनुहार म्याच गराई रोकियो। हामीसँग गृहमन्त्री र गृहप्रशासन किन यसरी डरायो आश्चर्यमा परेको छु।’ 

जाजरकोट जानु अघी कर्णाली प्रदेशका डीआइजी वसन्त पन्तले जानलाई कुनै रोकतोक नभएको बताएपछि त्यसतर्फ हिडेको भएपनि उनकै मातहतका प्रहरीले बाटोमा रोकेको जानकारी गराउँदा फोन अफ गरिएको उनले बताए। 

दुई जनालाई मात्र बिशेष कारण भन्दै रोकिए पनि ३ वटा सवारीमा साधनमा गएका अन्यलाई भने जान दिइएको उनले बताए। केहि मानवअधिकारवादी र पत्रकार त्यसतर्फ गएका छन्। hamrakura
 

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ २३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP