काठमाण्डौं- पीसीआर परीक्षणको स्वाब एक सातासम्म होल्ड हुन थालेपछि सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षण गर्न दिने निर्णय गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हिजो सूचना निकाली इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरुले आफनो परीक्षण क्षमतासहितको विवरण एक साताभित्र पेश गर्न आग्रह गरेको हो ।
योसँगै निजी प्रयोगशालाहरुले पनि पीसीआर परीक्षण गर्न पाउने भएका छन् । देशभर २० स्थानवाट पीसीआर परीक्षण हँुदै आएको थियो ।
जसमा सबै भन्दा धेरै भने टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हुँदै आएको छ ।
प्रयोगशला प्रमुख डाक्टर रुणा झाले दैनिक ४ हजार भन्दा बढी स्वाब आउने गरेपनि ल्यावको क्षमता १ हजार मात्र रहेको बताइन् । जसका कारण परीक्षण एक साता सम्म होल्ड हुने गरेको छ ।
खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...
डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य...