२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

मृत्यु पछि संक्रमण : विश्वको अगाडी सरम – केन्द्रीय सदस्य बलायर

डोटी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलयारले कोरोनाका कारण ज्यान गुमाउने नागरिकका बिषयमा अभिव्यक्ति दिएका छन् । उनले समाजिक सञ्जाल फेसबुक पेज मार्फत ज्यान गुमाउने उपचार नपाउने नागरिकका बिषयमा सरकारलाई तीन प्रश्न गरेका छन् ।

नेता बलायरले मृत्यु पछि मात्रै कोरोना परिक्षण हुनु र रिपोर्ट पोजेटिभ आउनुले विश्व समुदाय बीच नेपाल सरकारको बेजत भएको संकेत गरेका छन् । सरकार कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका बिषयमा गैर जिम्मेबार भएको संकेत गर्दै बलायरले लेखेका छन्,“संक्रमण मुक्त भनी दिउँसो घर पठाएको व्यक्तीको त्यही दिन राती मृत्यु हुन्छ, मरेपछि फेरि चेकजाँच गरिन्छ र कोरोना संक्रमित पुष्टि हुन्छ ।”

दोस्रो बुँदामा उनले लेखेका छन्,“ कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिन्छ, उपचारको हारगुहार माग्दामाग्दै मृत्यु हुन्छ, लाश चेकजाँच गरिन्छ अनि कोरोना पुष्टि हुन्छ ।”
“ असन्चो महसुस भएपछि अस्पताल भर्ना हुन्छ, अस्पतालको बेडमा तड्पिदै मृत्युवरण गर्छ र लाश कोरोना संक्रमित भएको पुष्टि हुन्छ ।,“ एकपटक मनन गरौं त ! विश्व समुदायको अगाडी शरम लाग्नुपर्ने कुरा होइन र ? बलायरले प्रश्न गरेकाछन् ।

शुक्रबार सम्म कोरोना भाइरसका कारण ११ जनाले ज्यान गुमाएका छन् । उनिहरुको मृत्यु पछि मात्रै कोरोना परिक्षण हुने र कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक हुने गरेको छ ।

शिखर समाचार सँगको कुराकानीमा सरकारले स्वास्थ्य सामग्रीमा भ्रष्टाचार मात्रै गरेको बताउँदै बलायरले किट अभाव भएको भन्दै परिक्षणको दायरा कछुवाको गतीमा मात्रै कायम राखेको आरोप लगाए । नेता बलायरले परिक्षणको दायरा तिब्र गतिमा बढाउनु पर्ने र पहिचान भएका संक्रमितको उपचारमा कुनै पनि कमिकमजोरी गर्न नहुने बताए ।

Bir Bahadur Balayar

एकपटक मनन गरौं त ! विश्व समुदायको अगाडी शरम लाग्नुपर्ने कुरा होइन र ??१) संक्रमण मुक्त भनी दिउँसो घर पठाएको व्यक्तीको…

Posted by Bir Bahadur Balayar on Thursday, 4 June 2020

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २३

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP