२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुग्यो : कुन जिल्लामा कती ?

डोटी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणका क्रममा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार डडेल्धुराका ५ जना र कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

सुदूरपश्चिमका ९२ जना संक्रमित मध्य सबैभन्दा बढि कैलालीका ४० जना रहेका छन् । अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

९२ जना संक्रमित मध्ये ७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ २३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP