२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुग्यो : कुन जिल्लामा कती ?

डोटी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणका क्रममा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार डडेल्धुराका ५ जना र कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

सुदूरपश्चिमका ९२ जना संक्रमित मध्य सबैभन्दा बढि कैलालीका ४० जना रहेका छन् । अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

९२ जना संक्रमित मध्ये ७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ २३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP