२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीका ८१४३ सहित सुदूरपश्चिमका ५४७५७ जना क्वारेन्टाईनमा

धनगढी : सुदूरपश्चिममा कोरोना भाईरस(कोभिड–१९) को जोखिममा रहेका ५४ हजार सात सय बढिलाई क्वारेन्टाईनमा राखिएको छ। भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५४ हजार सात सय ५७ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाईनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टाईनमा राखिएका मध्ये ४७ हजार दुई सय ८९ जना पुरुष र सात हजार चार सय ६८ जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा १४ हजार ६ सय ७५  जना, कञ्चनपुरमा सात हजार नौँ सय ७९ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

डोटीमा आठ हजार एक सय ४३, बैतडीमा पाँच हजार ६ सय ८ जना, अछाममा पाँच हजार ६ सय २३ जना, डडेल्धुरामा चार हजार पाँच सय २१ जना, बझाङमा दुई हजार नौ सय २३ जना, बाजुरामा तीन हजार आठ सय ३४ जना, दार्चुलामा एक हजार चार सय ५१ जनालाई क्वारेन्टाईनमा राखिएको छ।

उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका रहेका छन्। dineshkhabar 

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ २०

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP