२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

बैतडीको क्वारेन्टिनमा २२ वर्षीया युवतीको मृत्यु

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक क्वारेन्टिनमा रहेकी एक युवतीको सोमबार साँझ मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ घरकी २२ वर्षीया युवती आफन्तसँगै भारतबाट फर्किएपछि उनलाई स्थानीय मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो।

नगरपालिकाका प्रवक्ता दले धामीका अनुसार युवतीमा मुटु सम्बन्धी समस्या थियो।

जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरीने उनले बताए ।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७७ जेष्ठ २०

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP