२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

सुदूरपश्चिमका १८ जना नयाँ संक्रमित मध्य १२ जना गौरीगंगा नगरपालिकाका

शिस, डेस्क- सुदूरपश्चिमका १८ जना नयाँ संक्रमित मध्यक्ष १२ जना कैलालीको गौरीगंगा नगरपालिकाका रहेका छन् । सोमबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका मात्रै १४ जना, डोटी, अछाम, कञ्चनपुर र बैतडीका एक÷एक जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण हुनेमा गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष रहेका छन् । यस्तै गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय युवती रहेका छन् ।

कैलालीको धनगढी उप–महानगरपालिका १२ जुगेडाका २५ बर्षीय पुरुष र बर्दगोरीया ७ का २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरकोे शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालकमा संक्रमण देखिएको छ ।
डोटीको शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष, बैतडीको पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७७ जेष्ठ १९

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP