२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

बेपत्ताको सूचीमा मन्त्री बिना मगरको नाम

बहालवाला खानेपानी मन्त्री बिना मगरको नाम सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको छ ।

बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको  सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ ।

आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए ।आयोगले बेपत्ताको सूचीमा समावेश भएका व्यक्तिको विषयमा कुनै सूचना, जानकारी भए उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्, जहाँ २५४ जना बेपत्ता भएको सूचीमा उल्लेख छ ।

दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । 

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७६ चैत्र ४

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP