२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

भारतबाट आउने नेपालीको सेवामा मनकारी जोशी

शिस– कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनको मार र रोगको जोखिममा परेका नेपालीहरु भारतबाट नेपाल प्रवेश गर्नेक्रम जारि रहेको छ । वषौं देखि भारतमा मजदुरी गर्दै आएका नेपालीहरु दैनिक हजारौंको संख्यामा स्वदेश फर्किन थाले पछि सीमानाकामा व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ ।

स्थानीय सरकार देखि विभिन्न समाजसेवीहरुले भरतबाट आउने नेपालीहरुको उद्धार र खाना, खाजा पानिको व्यवस्था गर्दै आएकाछन् । यसै क्रममा गृह जिल्ला डोटी भएका समाज सेवी भक्तराज जोशी दिनहुँजसो गौरिफण्टा सीमानाकामा खटिने गरेका छन् । यस अघि पनि समाज सेवामा तल्लिन जोशी यस पटक सीमाबाट नेपालीको उद्धार र खाना, पानी, खाजा खुवाउन व्यस्त रहेका छन् ।

आइतबार पनि उनले सुदूरपश्चिम प्रवेस गर्ने पाँच सय बढी प्रवासीहरुलाई खाजा र पानिको व्यवस्था गरेकाछन् । आइतबार स्वदेश फिर्ता हुनेहरुका लागि जोशीले चाउचाउ र पिउने पानिको व्यवस्था गरेका थिए । डोटी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका यात्रुहरुलाई उनले खाजाको व्यवस्था गरेका थिए । यस अघि पनि उनि सीमामा नेपालीहरुको उद्धारका लागि खटिदै आएका थिए ।

जोशिले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि डोटीमा स्वास्थ्य सामग्री, क्वारेण्टाइनका लागि सामग्री, विपन्नका लागि राहतको व्यवस्था गरेका थिए । डोटीमा उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नो व्यक्तिगत पहलमा सहयोग गर्दै आएकाछन् ।

जोशिले नेपालीको उद्धारमा सीमानामा उद्धार तथा सहयोगका लागि खटिने व्यक्तिहरुका लागि पिपिई, मास्क, सेनेटाइजर जस्था स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेका छन् । मुलुक भाइरस संगको लडाइमा भएका बेला आफुले होस्तेमा हैसे मात्र गरेको बताउदै जोशीले यस्तो संकटको बेला सबैले सक्ने जती सहयोग गर्न अनुरोध गरे । पीडाले प्रवासमा गएका पीडाले नै पोलेर धमाधम स्वदेश फर्किन लागेका नेपालीहरुको उद्धार, स्वास्थ्य सुरक्षा, जीवन रक्षा र स्वदेशमै राजगारीको अवसर मिलाउन सम्बन्धित सबै निकाय र ब्यक्ति जिम्मेबार हुनुपर्ने जोशीले बताए ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ १८

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP