२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

गोठ बनाउने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

गोठ बनाउने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

कैलाली – लम्कीचुहा नगरपालिका–१ मा गोठ बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सोमबार बेलुकी आफ्नै गोठ बनाउने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका स्थानीय ३३ वर्षीय जितबहादुर मयालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका मयालको लालरत्न अस्पताल, लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८३ भाद्र २

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP