२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ

दैलेखको क्वारेन्टिनमा आज (शनिबार) बिहान मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको आज बिहान अकस्मात् मृत्यु भएको थियो। नगर प्रमुख घनश्याम भण्डारीले मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए।

उनी ७९ जना साथीहरुसहित १० दिन अघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो।

मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग सहकार्य भइरहेको भण्डारीले जानकारी दिए।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ जेष्ठ १७

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP