२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित हुलाकी सडकखण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बुधबार भएको दुर्घटनामा सु.प.प्र.०१–००१ ख ३५४६ नम्बरको बसले बैतडीको मेलौली नगरपालिका–९ रोकटा बस्ने ४० वर्षीय भरतबहादुर चन्दलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालक कैलालीको गोदावरी नगरपालिका–१ डाँडाटोल बस्ने ३१ वर्षीय पुष्कर साउँद रहेका छन्। बस र चालकलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८३ श्रावण २८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP