२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते

बाजुरा – बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १४७८ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढाहुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा कोल्टी आधारभूत अस्पताल, बाजुरामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक २५ वर्षीय जनवीर बुढा३१ वर्षीया मिजरा बुढा मध्यम घाइते भएका छन्। त्यसैगरी अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा तथा ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्।

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट कुवाडीइलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली खटिएको थियो। सबै घाइतेलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Related News

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता, सरकारले लागू नगर्ने निर्णय
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता, सरकारले लागू नगर्ने निर्णय
  • २०८३ श्रावण ५

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता, सरकारले...

TOP