कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझ पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ निवासी २५ वर्षीय कृष्ण चौधरी र १९ वर्षीय सुशिल घर्तीमगर रहेका छन्।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई जाँच गर्ने क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले बरामद गरिएको पदार्थसहित दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता, सरकारले...