२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कञ्चनपुरमा १ लाख १० हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद

कञ्चनपुरमा १ लाख १० हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका रु. १ लाख १० हजार ४०० बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी तथा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर क्षेत्रमा बेवारिसे अवस्थामा रहेका सामान आइतबार बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट ल्याइएका चिनी, मिश्री, दाल, प्लास्टिक झिल्ली, किराना सामग्री लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामानको अनुमानित मूल्य रु. १ लाख १० हजार ४०० रहेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सामान सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)

 

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०८३ श्रावण ४

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP