कैलाली – कैलालीका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका रु. १ लाख ४७ हजार ८३० बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका–४ खर्चवा स्थित हसनापुर तथा कैलारी गाउँपालिका–५ गोबरेला घाट क्षेत्रमा बेवारिसे अवस्थामा रहेका सामान आइतबार बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट ल्याइएका चिनी, बिडी, सुर्ती, प्लास्टिकका चम्चा, सुटपिस, प्लास्टिक झिल्ली लगायतका सामग्री फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामानको अनुमानित मूल्य रु. १ लाख ४७ हजार ८३० रहेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सामान सम्बन्धित निकायमा बुझाइने तयारी भइरहेको छ।
स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता, सरकारले...