२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बिहीबार बिचौलिया दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा पौडेललाई मतियार ठहर गर्दै विशेष अदालतमा अभियोग दायर गरेको हो। यस मुद्दामा पौडेलसँगै अन्य ६ जना व्यक्ति र १० कम्पनी पनि प्रतिवादी बनाइएका छन्।

विभागका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि पाँच पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा बिचौलिया दीपक भट्टसँग अनैतिक तथा गैरकानुनी साँठगाँठ गरी पदीय जिम्मेवारीको दुरुपयोग गर्दै लाभ दिलाएको तथा त्यसबाट अप्रत्यक्ष रूपमा आर्थिक लाभ लिएको आरोप उनीमाथि लगाइएको छ।

यसै प्रकरणमा यसअघि बिमा, धितोपत्र, बैंकिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी चारवटा मुद्दा खेपिरहेका दीपक भट्टविरुद्ध पनि पूरक अभियोग दायर गरिएको छ। नयाँ अभियोगमा भट्टविरुद्ध ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

अब विशेष अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइपछि अभियोगको वैधानिकता, थुनछेक तथा थप न्यायिक प्रक्रिया अगाडि बढाउनेछ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०८३ श्रावण १

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP