२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

दिल्पेश्वर क्वारेण्टाइनमा योग अभ्यास

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं. २ ले स्थापना गरेको क्वारेण्टाइनमा योगाभ्यास गरिदै आएको छ । वडाध्यक्ष राजेन्द्र खड्काको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको सहयोगमा योग अभ्यास गराईएको हो ।

क्वारेण्टाइनमा बसेकाहरुको शारिरिक व्यायम पनि हुने, रोग प्रतिरोधात्मक क्षमता पनि पढ्ने र मनोरञ्जन पनि हुने भएकाले योगा अभ्यास गराउने गरेको वडाध्यक्ष राजेन्द्र खड्काले बताए । योग अभ्यास गराईएको दिल्पेश्वर आधारभुत विद्यालयमा स्थापित क्वारेण्टाइनमा ६९ जना बस्ने गरेका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रशिक्षकले दैनिक विहान १ घण्टा योग अभ्यास गराउने गरेकाछन् । शरिलाई तन्दुरुस्त राख्न योग संगै औषधिहरु पनि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका प्रमुख विद्या घिमेरले बताइन् । उनले योग अभ्यासले शरिरमा अक्सिजनको मात्रा समेत बढ्ने भएकाले योग सबैका लागि आवस्यक रहेको बताइन् ।

क्वारेण्टाइनमा बसेकाहरु तनावमा देखिएकाले उनिहरुलाई तनावमुक्त गर्न शरिरको रोग प्रतिरोधात्मक क्षमता योगभ्यास गराइएको योग प्रशिक्षक रमेश नाथले बताए । उनले कोरोना भाइरस कोभिड १९ संग लड्न ५ वटा आसन, सुर्य नमस्कार जस्ता योग अभ्यास गराइएको बताए ।

क्वारेण्टाइनमा बसेकाहरुमा एलर्जि, ग्यास्टिक जस्ता समस्याहरु देखिएकाले औषधिहरु पनि वितरण गरिएको प्रशिक्षक नाथले बताए । शिखर समाचार संगको कुराकानीमा नाथले इम्युनिटी पावर बढाउनका लागि हसोगन्धा, सिलाजित, सितोप्लाजी स्वर्ण जस्ता साइडइफेक्ट नगर्ने आयुर्वेद औषधिहरु वितरण गरिएको बताए ।

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०७७ जेष्ठ १४

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP