२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

बैतडी बस दुर्घटना : माया मेट्रो अस्पतालमा १४ घाइतेको उपचार जारी, ७ आईसीयू र ७ न्युरो वार्डमा

बैतडी बस दुर्घटना : माया मेट्रो अस्पतालमा १४ घाइतेको उपचार जारी, ७ आईसीयू र ७ न्युरो वार्डमा

दिपायल – बैतडीको पाटन नगरपालिका–९ गैराखान नजिक शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका २२ जनामध्ये १४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सात जनाको सघन उपचार कक्ष (आईसीयू) र सात जनाको न्युरो वार्डमा विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

माया मेट्रो अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताका अनुसार अस्पतालमा उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यक उपचार सेवा प्रदान भइरहेको छ। उनका अनुसार दुई जना घाइते उपचारका लागि अस्पताल ल्याउने क्रममा छन् भने एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। अन्य पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

माया मेट्रो अस्पतालमा उपचाररत घाइतेहरूमा जनक पन्त (४५), रामदत्त पाण्डेय (८०), मोहन पन्त (३३), धना पहारी (४०), दीपक बिक (३०), दिनेश भट्ट (३२), सिद्धार्थ भण्डारी (११), रमेश महार (४०), दीपा महार (३०), अरुण महार (३), माया बिष्ट (२०), जनकराज जोशी (२६), रत्ना भण्डारी (३१)अनुग्रा ठगुन्ना (५०) रहेका छन्।

अस्पतालले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८३ असार २०

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP