२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

साउन १ देखि काठमाडौंमा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी

साउन १ देखि काठमाडौंमा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी

काठमाडौं – सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत उक्त सेवा सञ्चालन गर्न लागिएको हो।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय–सुझाव माग्दै पत्राचार गरिसकेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि साउन १ गतेदेखि पहिलो चरणको सेवा सुरु गरिनेछ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ क्षेत्रमा चार वटा बस सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। चक्रपथमा सञ्चालन हुने बसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन हुनेछन्।

सरकारले महिलाको सुरक्षित तथा सहज सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’ सेवा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

Related News

  • २०८३ असार १८

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP