२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं, साउन १३ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित तीनवटा महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। मंगलबार राष्ट्रपति पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार संघीय संसद्को बैठकबाट पारित भएका ती विधेयकहरू नेपालको संविधानबमोजिम प्रमाणीकरण गरिएको हो।

प्रमाणीकरण भएका विधेयकमध्ये विनियोजन विधेयक ले सरकारले नयाँ आर्थिक वर्षका लागि स्वीकृत बजेट कार्यान्वयन गर्ने कानुनी आधार प्रदान गर्दछ। त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक मार्फत सरकारले आवश्यक स्रोत व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य ऋण परिचालन गर्न सक्नेछ।

यस्तै, आर्थिक विधेयक, २०८३ प्रमाणीकरण भएसँगै कर, राजस्व तथा अन्य आर्थिक व्यवस्थासम्बन्धी प्रावधानहरू समेत कार्यान्वयनमा आउने भएका छन्।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ असार ३०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP